Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेपाल ऐन संशोधन विधेयकमा छलफल


0
Shares

काठमाडौं, माघ ३ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानवअधिकार समितिमा दफावार छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाएपछि समितिमा बिहीबारदेखि विधेयकमाथि परेका संशोधनसहित छलफल सुरु भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानअनुकूल कानुन निर्माणका लागि समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिए ।

केही नेपाल ऐन संशोधन विधेयकमा रहेका विभिन्न १६ ओटा विषयमा विज्ञहरुसँग परामर्श गर्ने र विधेयकका दफा पारित गर्ने विधिबारे पनि छलफल भएको छ ।