Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


मध्यपहाडी पुष्पलाल लोकमार्गको जोरसाल-माझीटार सडक कालोपत्रे


0
Shares

निर्माणको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिले उक्त सडकखण्डको ११ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

कालोपत्रे भएपछि यो सडक भएर यात्रा गर्ने स्थानीयलाई सहज भएको छ । वर्षादको समयमा हिलो र हिउँदमा धुलोका कारण सास्ती खेप्न वाध्य भएका यात्री तथा सवारी साधनलाई अव भने सहज भएको हो ।

साढे दुई वर्षभित्र काम सक्ने जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा कम्पनीले वन्द, हड्ताल, नाकावन्दीलगायतका कारण तीन वर्षमा मात्र काम सकेको कम्पनीका निर्देशक तेजकुमार कुरुम्बाङले जानकारी दिए ।