काठमाडौं, माघ ३ । संसदीय सुनुवाइ समितिले फ्रान्स र थाइल्यान्डका लागि प्रस्तावित दुईजना राजदूतको नाम सर्वसम्मत् अनुमोदन गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदूत दीपक अधिकारी र थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई अनुमोदन गरेको हो ।
गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषदको बैठकले ढकाल र अधिकारीसहित पाँचजनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।
बिहीबार अनुमोदन भएका प्रस्तावित दुईजना राजदूत र बाँकी तीनजना राजदूतविरुद्ध कुनैपनि उजुरी परेको थिएन ।
त्यसैले सीधै पहिलो चरणमा अधिकारी र ढकालको सुनुवाइ गरी बैठकले अनुमोदन गरेको हो ।
अरु तीनजना प्रस्तावित राजदूतको सुनुवाइ आगामी मंगलबार हुनेछ ।
यसैबीच, संसदीय सुनुवाइ समितिले संयुक्त राष्ट्रसंघीय नियोगको स्थायी प्रतिनिधिमा सरकारले सिफारिस गरेका परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईकाबारे उजुरी दिन सार्वजनिक उजुरी आह्वान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्