२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


इतिहासमै पहिलोपटक एकै ठाउँबाट ८८ किलो सुन बरामद (भिडियो)


0
Shares

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको टोलीले सोमबार बिहान सुराकीका आधारमा उक्त सुन बरामद गरेको हो ।

महाशाखाले पत्रकार सम्मेलन गरी ८८ किलो सुनसहित बा१७ च ६४२७ नम्बरको गाडी र चालक मनोज अधिकारीलाई पनि सार्वजनिक गरेको छ ।

उक्त सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याइएको गोप्य सूचनाको आधारमा बरामद गरिएको र यसबारे थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

क्षेत्रपाटीमा पार्किङमा राखिएको बा१७च ६४२७ नम्बरको गाडी नियन्त्रणमा लिइ खानतलासी गर्दा गाडीको विभिन्न पार्टपुर्जामा कालोटेपले बेरेको अवस्थामा सुन फेलापरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुनको मूल्य ४३ करोड १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ बराबरको रहेको छ ।

यसअघि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३५ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

भिडियो हेर्नुहोस्