Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


भूकम्प पीडितका घर बनेनन् तर लाखौं क्यूफिट काठ जंगलमै कुहिए


0
Shares

सालको काठ संकलन र बिक्री वितरण गर्न नसक्दा जंगलमै कुहिन थालेको हो ।

जिल्ला वन कार्यालयले चुरे आसापसका सामुदायिक तथा सरकारी स्वामित्वमा रहेका वनक्षेत्रमा ढलापडा तथा बाढीले बगाएका लाखौं क्यु फिट काठ संकलन र बिक्री वितरण गर्न नसकेको हो ।

सालको काठका लागि नेपाल मै प्रख्यात मानिएको सिन्धुलीको मरिण र कमला नदी किनार आसपास तथा विभिन्न खोला खहरेमा ढलापडा काठहरु यत्रतत्र छरिएर रहेका छन् ।

बहुमूल्य काठका गोलिया संकलन गर्न नसक्दा वर्षामा बाढीले बगाउने र हिउँदमा डढेलोले नोक्सान गर्ने देखिएको छ ।

भूकम्प प्रभावितले घर बनाउन काठ नपाइरहेको अवस्थामा खेर जान लागेका काठ संकलन गरी बिक्री वितरण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।