
वीरगन्जमा चुनाव प्रचारकाक्रममा आचारसंहिता उल्लंघन भयो भनेर आयोगले मागेको स्पष्टीकरणको जवाफमा ती नेताले गल्ती स्वीकारेर पत्र नै आयोगमा पठाएको पौडेलले बताए ।
जिल्ला निर्वाचन कार्यालय पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त पौडेलले दलहरुकै सहमतिमा तयार भएको निर्वाचन आचारसंहितालाई नमान्ने दलका उम्मेदवारलाई मत नदिन सर्वसाधारणसँग अपिल गरे ।
उनले भने–‘रक्सी, मासु खुवाएर रकमको भरमा निर्वाचन जित्न खोज्ने उम्मेदवार राष्ट्रका लागि घातक भाइरस हुन् । त्यस्ता उम्मेदवारलाई बहिस्कार गरे राष्ट्र निर्माणमा ठूलो टेवा पुग्नेछ ।’
उनकाअनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन भए/नभएको अनुगमन गर्न केन्द्रबाटै २ नम्बर प्रदेशको आठओटै जिल्लामा दुईजना विशेष प्रतिनिधि खटाइएकोे छ ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालय पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको ‘राजनीतिक दल सम्बद्ध युवा नेतृत्वका लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण’ कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै आयुक्त पौडेलले राजनीतिक दलमा आबद्ध रहेका युवालाई निर्वाचन अचारसंहिता र मतपत्रबारे जानकारी गराए शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मद्दत पुग्ने र बदर मतको संख्यासमेत कम हुने बताए ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न आउँदो भदौ २० गतेदेखि पर्सा जिल्लामा मदिराको बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्