प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले कक्षा कोठामा कुटपिट गरी मानसिक यातना दिएको भन्दै उनीहरु न्याय खोज्दै सदरमुकाम पुगेका हुन् ।
आफूलाई प्रधानाध्यापक भएको स्वीकार गर्न दबाब दिँदै सिंहले स्वीकार नगर्ने विद्यार्थीलाई कुटपिट गरेको कक्षा ८ मा अध्ययनरत ललित सिंहले बताए ।
सिंहले आफूलाई प्रधानाध्यापकमा स्वीकार नगर्नेलाई विद्यालयबाट निष्काशन गर्नेसम्मका धम्की दिँदै कुटपिट गरेको सदरमुकाममा न्याय माग्दै आएका कक्षा १० का विद्यार्थी लोकेन्द्र भारतीले बताए । सिंहकी श्रीमती साधना शाहीले पनि श्रीमान्ले गरेको निर्णय नमान्नेलाई घरमै गएर कुटपिट गर्ने धम्की दिँदै विद्यार्थीलाई कुटेको भारतीको गुनासो थियो ।
विद्यालयमा सिंह अनुदानका शिक्षक हुन् । सो विद्यालयमा स्थायी शिक्षक अन्य तीनजना भए पनि विद्यालय व्यवस्थापन समितिले सिंहलाई गत साउन २६ गते प्रधानाध्यापक बनाएको थियो । तर, जिल्ला शिक्षा कार्यालयले भने गत साउन २२ गते विनोदकुमार शाहलाई प्रधानाध्यापकको पत्र दिएको थियो ।
वरिष्ठताका आधारमा बद्रीनाथ योगी प्रधानाध्यापक हुनुपर्ने अन्य शिक्षकको भनाइ छ । यता विद्यालय व्यवस्थापन समितिले भने विद्यार्थीको पढ्ने काम हो तर शिक्षक को ठीक, को बेठीक भनेर छुट्याउने काम नभएको प्रतिक्रिया दिएको छ ।
नतिजा आफ्नो पक्षमा ल्याउनका लागि विद्यार्थीलाई प्रयोग गरिएको विद्यालय व्यवस्थापन समितिको दाबी छ । रासस










प्रतिक्रिया दिनुहोस्