१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


म्यानमारका ८७ हजार शरणार्थी बंगलादेशमा : संयुक्त राष्ट्रसंघ


0
Shares

छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा ती व्यक्ति बंगलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

म्यानमारको अल्पसंख्यक हजारौ रोहिंग्या मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बंगलादेश छिर्ने सीमामा बसेका छन् ।

म्यानमारको पश्चिमी राज्य राखिन र बंगलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार प्रायः रोहिंग्या मुस्लिम समूदायका व्यक्ति बंगलादेश छिर्नको लागि पर्खेर बसेका संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ ।

करिब दश दिनयतादेखि सुरु भएको हिंसाको कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ ।

हालैका दिनमा बंगलादेशी सीमा सुरक्षा गार्डहरु पनि म्यानमारका शरणार्थीहरुलाई त्यहाँबाट भाग्न र बंगलादेश छिर्न सघाइरहेका छन ।

संयुक्त राष्ट्रसंघले प्राप्त गरेको समाचारअनुसार ती सुरक्षा गार्डहरुले म्यानमारबाट बंगलादेशको सीमा पारगर्न रोक लगाइएका छैन ।

गत पाँच वर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ ।

राष्ट्रसंघका अनुसार म्यानमारको रोहिंग्या राज्यमा सुरु भएको हिंसापछि बंगलादेश भागेर जाने क्रममा नाफ नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिंग्या मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको संख्यामा विस्थापित भएका छन् ।

रोहिंग्या विद्रोही समूहले दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा गरेको आक्रमणमा करिब १५ प्रहरी अधिकारीको मृत्यु भएको थियो । साथै कैयाँै गाउँमा आगजनी पनि गरिएकोे अधिकारीहरुले जानकारी दिएका थिए ।

तर, म्यानमारका सैनिक प्रमुखका अनुसार यस आक्रमणमा परी ३७० रोहिंग्या आतंककारीलगायत ४ सय व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी