टोलीले राजा शुद्दोदनको राजदरबार, दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरबार क्षेत्रभित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गरेको थियो ।
अवलोकनपछि समितिका सभापति डोरप्रसाद उपाध्यायले भगवान गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्र्ष बिताएको कपिलवस्तु दरबारकोबारेमा समितिले अवलोकन गरेको भन्दै समग्र क्षेत्रको विकासका लागि ध्यान दिनुपर्ने बताए ।











प्रतिक्रिया दिनुहोस्