१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


म्यानमारबाट लखेटिएका रोहिन्ग्याको उद्धारका लागि जहाज पठाइयो


0
Shares

म्यानमारबाट लखेटिएका रोहिन्ग्याको उद्धारका लागि भूमध्यसागरमा अलपत्र परेका शरणार्थीलाई उद्धार गर्ने एक संस्था एशियातर्फ सोझिएको हो ।

दि माइग्रयान्ट अफ्सोर एड स्टेसन नामक संस्थाले हजारौं अलपत्र शरणार्थीलाई भूमध्य सागरबाट उद्धार गरेको थियो ।

सन् २०१४ देखि माल्टामा रहेर भूमध्यसागरमा अलपत्र परेकाहरुको उद्धार गरिरहेको उक्त संस्था अब भने रोहिन्ग्याको सहायताका लागि म्यानमारतर्फ लागेको हो ।

म्यानमारमा बस्न नसकेर रोहिन्ग्या समुदायका करीब ९० हजार व्यक्ति बंगलादेशमा शरण लिन पुगेको खबरपछि उद्धारको प्रयास थालिएको हो ।

उद्धारका लागि म्यानमारतर्फ पठाइएका पानी जहाजहरु बंगालको खाडीमा पुग्न तीन हप्ता लाग्ने जनाइएको छ ।

अत्यावश्यकीय मानवीय सहायता सामग्री पु¥याइने उक्त संस्थाले जनाएको छ ।

अल्पसंख्यक मुस्लिम समुदायमाथि राज्यका तर्फबाटै दमन भएको भन्दै म्यानमार सरकारको विश्वस्तरमै आलोचना बढेको छ ।