३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


पर्वतमा बस दुर्घटना, तीन जनाको मृत्यु


0
Shares

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा २० जनाभन्दा बढी यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पर्वत र धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।