१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सर्लाहीमा चुनावी सरगर्मी (भिडियो)


0
Shares

राजनीतिक दलहरुलाई मतदाता रिझाउन भ्याइ–नभ्याइ भएको छ ।

सर्लाहीमा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । सर्लाहीका नगरदेखि गाउँपालिकाका चोकचोक र चौतारामासमेत दलहरुले प्रचार–प्रचारलाई तीव्रता दिएका हुन् ।

नेता तथा कार्यकर्ताले ठाउँठाउँमा आ–आफ्ना दलका चुनाव चिह्नअंकित झन्डा टाँग्ने र पम्प्लेट वितरण गर्नेलगायतका काम गरिरहेका छन् । सहर बजार रंगीचंगी बन्न थालेका छन् ।

सर्लाहीका अधिकांश स्थानीय तहमा दलहरुले उम्मेदवारी टुंगो लगाएका छन् । केहीमा भने तालमेलको पहल गरिरहेकाले उम्मेदवारी घोषणा गर्न सकेका छैनन् ।

शीर्ष नेताहरुले तालमेलमा चासो राखेकाले कार्यकर्ता भने अन्योलमा परेका छन् ।

विशेषगरी सर्लाहीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावमा तीव्र प्रतिस्पर्धा हुने बताइएको छ ।

उम्मेदवारी घोषणा गरिसकेकाहरुले प्रचारलाई तीव्रता दिँदै आफ्ना एजेन्डा मतदाताहरुसमक्ष राखिरहेका छन् । उनीहरुले विकासलाई नै पहिलो प्राथमिकता दिएका छन् ।

मतदाताहरु पनि उम्मेदवारका एजेन्डा हेरेर आफ्नो निर्णय गर्ने बताउँदै छन् । स्थानीय विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने उनीहरु बताउँछन् ।

सर्लाहीमा ३१८ मतदानस्थलमा ५०१ मतदान केन्द्र निर्धारण गरिएका छन् । ३ लाख ६६ हजार ६०५ मतदाता रहेको सर्लाहीमा ११ नगरपालिका र ९ गाउँपालिकासहित २० ओटा स्थानीय तह छन् ।

भिडियो हेर्नुहोस्