इन्द्रजात्राको अवसरमा मंगलबार कुमारीसँगै जीवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ ।
कुमारी, गणेश र भैरवको रथ कुमारीघर बसन्तपुरबाट तानेर मरु, चिकंमुगल, लगनटोल, ब्रम्हटोल, जैसीदेवल, कोहिटी, भीमसेनस्थान हुँदै कुमारीघर पुर्याएर सम्पन्न गर्ने गरिन्छ ।
रथ तान्नुअघि बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेकी थिइन् ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति थियो ।
सो अवसरमा लाखे नाच, पुलुकिसी नाच, आकाश–भैरव र महाकाली नाच पनि प्रदर्शन गरिएको थियो ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्