१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


विशेषज्ञ टोलीद्धारा डा केसीको स्वास्थ्य परिक्षणः स्वास्थ्य अवस्था नाजुक


0
Shares

इलाम । विशेषज्ञ चिकित्सकको टोलीले इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ ।

विगत नौ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।

उनको अवस्था नाजुक बन्दै गएको विशेषज्ञ टोलीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयको निर्देशनमा विभिन्न उपकरणसहितको टोली हिजो बुधबार इलाम पुगेको थियो ।

डाक्टर केसीको स्वास्थ्य परीक्षण गरेका वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका सह–निर्देशन डा.विकास साहले डा.केसीको अवस्था चिन्ताजनक रहेकोले आइसियु र सीसीयू जस्ता सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने अवस्था रहेको बताए ।

साहसहित ६ जनाको टोली इलाम आएको हो । डा. केसीको मुटुको औषधीसमेत छुटेपछि समस्या भएको शाहले बताए ।