सडकखण्ड अन्तर्गत मस्र्याङ्ंदी गाउँपालिका वडा नं ३ अर्खलेबेसी नजिकै खसेको पहिरो पन्छाउन बढी क्षमताको डोजर उपलब्ध नहुँदा सडक खुलाउन नसकिएको हो ।
सडकको भीरखण्डमा पहिरो सँगै खसेको निकै ठूलो चट्टान सानो डोजरले हटाउन नसकेको र तुरुन्तै ठूलो क्षमताको ‘चेन डोजर’को व्यवस्था गर्न नसक्दा तीन दिनसम्म पनि पहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए ।
सडकभन्दा करिब ३० मिटर माथि बाट खसेको पहिरोले करिब ३० मिटर दुरीमा फैलिएको र सवारी आवागमन समेत रोकिएको छ ।
सम्भव हुँदासम्म छिटो पहिरो हटाउन डिभिजन सडक कार्यालयलाई निर्देशन दिईएको प्रशासनले जनाएको छ ।
डिभिजन सडक कार्यालय दमौलीका लमजुङ मनाङ फिल्ड हेर्ने ईन्जिनियर गौतमकुमार श्रेष्ठले पहिरो ठुलो भएकाले सडक खुलाउन समस्या भएको बताउनुभयो । गौतमले सडक खुलाउने प्रयास भैरहेको बताए ।
पहिरोले सडक अबरुद्ध भएपछि खुदीबाट अर्खलेबेसीहुँदै मनाङतर्फ जाने र स्याँगेबाट खुदीहुँदै बेसीशहर आउने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पैदलयात्रु पनि जोखिम मोलेर हिडिरहेका छन ।










प्रतिक्रिया दिनुहोस्