भिमदत्तनगर–१० तिलाचौडमा देवी भगवतीको पुजा–अर्चना गरी अन्य जिल्लामा वसोवास गर्ने सर्वसाधारणको समेत सहभागितामा यो पर्व धुमधामसंग मनाईदै आएको हो ।
पर्वका बेला भदौ १८ र १९ गते दुर्गा भवानीको पुजा गर्ने गरिन्छ भने २० गतेका दिन भगवतीको मन्दिरवाट वाजागाजा सहित देवी देवताका गाथा गाउदै भारी खेलका साथ भक्तजनहरु ‘चाभाई-चाभाई‘ भन्दै वरपिपलको परिक्रमा गरी मेलामा परिणत हुने गर्दछ ।
बडादशैको वेला दुर्गा भवानीले महिसाशुर दानवको वध गरेको किवदंन्ती रहेपनी वझाङी समुदायले भने प्रतेक वर्ष माघ १६, फागुन १६ र भदौ २० गते दुर्गा भवानीको विशेष पुजा गरेर विजयउत्सव मनाउने गर्दछन ।
माघ १६ गते महिसाशुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकुडी वनाएर मन्दिरको छेउमा गाड्ने चलन छ भने फागुन १६ गते महिशासुरको टाउकाको भकुन्डो खेल्ने भन्दै गोरुको छालाको भकुन्डो वनाएर खेल्ने चलन छ ।
यसरी सवै ठाउँवाट देवीले महिशासुर दानववाट मुक्त गराएको खुसियालीका रुपमा विसरती पर्व मनाउने गरिएको स्थानिय वताउँछन ।
भगवती मन्दिरवाट निस्किएको जात्रामा अगाडी अगाडी देवीका रुपमा केहि महिला काप्दै जाने गर्दछन भने पछाडी पछाडी जात्रामा सहभागी पुरुष र महिलाको टोली भारी गाथा गाउदै हिड्ने गर्दछन ।
मेलाका दिन रातभरी जाग्राम वसरेर महिला तथा पुरुषले विभिन्न भाकाका देउडा गीत, ठाडी भाका लगायतका खेल खेली मनोरन्जन गर्ने गर्दछन ।
पहिले पहिले वझाङवासीले मात्रै मनाउदै आएको यो पर्व हिजोआज सुदुरपश्चिमका सवै जिल्लाबासीले पर्वमा सहभागी भई धुमधामसंग मनाउने गरेको स्थानीयको भनाई छ ।
वझाङवासीले विसरती पर्वलाई दशै तिहार भन्दा पनी ठुलो पर्वका रुपमा लिने गर्दछन यो पर्व मनाउन काम विशेषले घर वाहिर गएकाहरु समेत घर फर्कने गर्दछन ।
विगतका दिनहरुमा वझाङवासिले मात्रै मनाउदै आएको यो पर्व पछिल्लो समय सवै जिल्लावासिको सहभागिता हुने गरेकाले यस्ताखाले परम्परागत पर्वका माध्यमले धार्मिक शहिष्णुता वढाउनका साथै एक अर्काको परम्परा र संस्कृतिको जगेर्ना गर्न समेत थप मद्दत पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्