१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


सिरहा कांग्रेसमा रडाको, टिकट पाउने र नपाउने पक्षबीच कुटाकुट


0
Shares

कांग्रेसको तर्फबाट सिरहा नगरपालिकाको मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली कांग्रेस क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति सञ्जय यादव, बुधन यादव, देवनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदीश यादवलगायत कार्यकर्ता छन् ।

घाइतेको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । झडपस्थल प्रहरीले नियन्त्रणमा लिएको छ ।

कांग्रेसले सिरहा नगरपालिकामा मेयरको टिकट डा. सुभाषचन्द्र यादवलाई दिएको छ । उनी कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् ।

सिरहा नगरपालिकाका पूर्वउपमेयर एवं जिल्लासचिव उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडाध्यक्ष दाबी गर्दै आएका थिए ।

सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन ।

बुधबार बिहान भएको छलफलमा डा. सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवारी तय भएको थियो ।

तर, डा. सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनुपर्ने भन्दै कुटपिटमा उत्रिएका हुन् ।

जिल्ला अध्यक्षसमेत रहेका सभासद रामचन्द्र यादवमाथि कुटपिट भएपछि उपेन्द्र समूह प्रतिवादमा उत्रिँदा पार्टी कार्यालय रणभूमिमा परिणत भएको थियो । प्रहरीले रडका साथै खुकुरी पनि बरामद गरेको छ ।