२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


सामूहिक ‘बलात्कार’कैक्रममा महिलाको मृत्यु भएको खुलासा


0
Shares

फरक–फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारकाक्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘अझै विस्तृत् अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौं’–प्रहरी उपरीक्षक थापाले भने ।

बनेपामा जडान भएको सीसी टीभी क्यामेराको सहयोगमा खोजी गर्दा अभियुक्तहरुलाई फरक–फरक मितिमा फरक–फरक स्थानबाट एक साताको अवधिमा पक्राउ गरिएको थियो ।

पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।

पक्राउ पर्नेमा रिक्सा चलाउने, प्लम्बर कार्यमा संलग्न भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टानजिकै एक साताअघि मकैबारीमा मृत अस्थामा फेलापरेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको थियो ।

उनीसँग अभियुक्तहरुको विगतमा पनि यौनसम्बन्ध कायम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक थापाकाअनुसार उनी विगतमा पनि मादकपदार्थ सेवन गरी घरमा नआउने गरेका कारण खोजीका लागि पीडित पक्षले उजुरी नगरेको जानकारी दिँदै अर्धनग्न अवस्थामा फेलापरेकी उनको शव देखेर आफन्तले चिनेका थिए । अभियुक्त सबैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइनेछ ।

मृतकको अझै शव परीक्षण प्रतिवेदन आइनसकेको बताइएको छ । रासस