Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अतिवादीहरुले गलत खबर प्रचार गरे : सुची


0
Shares

नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुची देशको सर्वोच्च नेता रहेकै बेला अल्पसंख्यक मुस्लिम रोहिन्ग्यामाथि गरिएको दमन खप्न नसकेर उक्त समुदाय देश छाडेर भाग्न विवश भएका खबर सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

रखाइन प्रान्तमा रहेका सबैलाई बचाउने पूर्णप्रयास भइरहेको भन्दै उनले अतिवादीहरुले आफ्नो स्वार्थपूर्ति गर्न गलत खबर प्रचार गरिरहेको उल्लेख गरिन् ।

एक लाभन्दा बढी रोहिन्ग्या मुस्लिम छिमेकी बंगलादेशमा शरणका लागि पुगेका छन् । देशभित्र मुस्लिम समुदायले भोगिरहेको मानवीय संकटबारे नबोलेको भन्दै सुचीको तीव्र आलोचना भएको थियो ।

टर्कीका राष्ट्रपति रचेप तैयप अर्दोगानसँगको कुराकानीपछि उनले मानवअधिकार र प्रजातन्त्रबिनाको समाज कस्तो हुन्छ भन्ने भुक्तभोगी रहेकी आफू यसप्रति संवेदनशील रहेको जिकिर गरेकी छन् ।

रोहिन्ग्या संकटबारेमा झूटा खबरहरु बढाइ–चढाइका साथ प्रशारण गरिएको आरोप उनको छ ।

मुलुक छाड्नेहरुले सेनाको दमन र बौद्ध समुदायको ज्यादतीका कारण पलायन हुनुपरेको बताएका छन् । (एजेन्सी)