Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


भ्रष्टाचार र बेथितिविरुद्ध अभियान चलाउने मिडिया सोसाइटीको अठोट


0
Shares

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सोसाइटीले एनसेलको अर्बौं रुपैयाँको करछली, करछुटका नाममा भएको अर्बौंको भ्रष्टाचार तथा नेपाल आयल निगमका लागि जग्गा खरिदकाक्रममा भएको भ्रष्टाचारलगायतका प्रकरणमा मन्त्रिपरिषदका सदस्यहरु, राजनीतिक नेतृत्व र उच्चपदस्थ कर्मचारीहरुको संलग्नता हुनुले देशमा भइरहेको ब्रह्मलुटलाई उजागर गरेको बताएको हो ।

भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्न र भ्रष्टाचारलाई निरत्साहित गर्न गरिने आग्रहलाई पूर्वाग्रहकोरुपमा लिएर मिडियाविरुद्ध धाकधम्की हुँदा पनि राज्यसंयन्त्र मौन बसेको आरोप पनि मिडिया सोसाइटीले लगाएको छ ।

सो अवसरमा मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले भ्रष्टचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेर देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानसमेत आग्रह गरे ।