१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


रौतहटको चन्द्रपुरमा राजपाले कुनैपनि पदमा उम्मेदवारी दिन सकेन


0
Shares

बुधबार भएको उम्मेदवारी मनोनयन दर्तामा सो नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कुनैपनि पदमा मनोनयन दर्ता नभएको हो ।

यस्तै, गौर नगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा उम्मेदवारी दिन सकेन ।

तालमेलका लागि छाडेको भनिएपनि गौरमा कांग्रेसको संगठन कमजोर भएका कारण उम्मेदवारी नै दर्ता नगरेको जनाइएको छ । उपमेयरमा भने कांग्रेसबाट लक्ष्मी बरालको उम्मेदवारी परेको छ ।

गौरमा एक महिनाअघिमात्रै कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका कन्तमणि जैयसवालले स्वतन्त्ररुपमा मेयरमा उम्मेदवारी दिएका छन ।

चन्द्रपुर नगरपालिकामा नेकपा एमालेका उद्धव रेग्मीले विवादका बीच उम्मेदवारी दिएका छन् ।

एमालेको केन्द्रीय कमिटी र जिल्ला समितिले बाबुराम दाहाललाई टिकट दिएपनि २ नम्बर प्रदेशका संयोजकले उद्धव रेग्मीलाई टिकट दिएपछि विवाद भएको थियो ।

रौतहटका अरु स्थानीय तहमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।