
सो प्रदेशका १३६ ओटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले बिहान १० बजदेखि अपराह्न ५ बजेसम्मका लागि मनोनयनको समय तोकेको थियो । तर, कतिपय स्थानहरुमा भने मनोनयनकोक्रम साँझसम्मै चलेको छ ।
विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरु तामझामसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
२ नम्बर प्रदेशअन्तर्गत् एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका ६ हजार ६२७ पदका लागि बुधबार मनोनयन भएको हो ।
प्रतिक्रिया दिनुहोस्