Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


भक्तपुरमा अवैध बालुवा निकासी, प्रहरी प्रशासन मौन


0
Shares

खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको स्वीकृति नदिंदा अवैधरुपमा बालुवा निकासी बढेको हो । दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा खानीसम्बन्धी फाइल नियन्त्रणमा लिएको थियो ।

भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा खोला, भूते खहरे बेसी, मनोहरा कुईकेल गाउँ, भिखाटार, चाँगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ कलेज आसपास, मूलआलीदेखि निलबाराही क्षेत्रबाट अवैध रुपमा बालुवा निकाली निकासा गर्ने क्रम भने नरोकिएको स्थानीय बताउँछन् ।

बालुवा खानी सञ्चालन नहुँदा जिल्ला समन्वय समिति भक्तपुरले तीन वर्षदेखि राजश्व गुमाउँदै आएको छ । तर तस्करी गर्नेहरुलाई भने खानी बन्द भए पनि कुनै प्रभाव परेको छैन ।

राजनीतिक दल, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासन कै संरक्षणमा बालुवाको तस्करी भइरहेको स्थानीय बताउँछन् ।

खानी बन्द भएको अवस्थामा समेत खुल्ला रुपमा अवैद्य व्यापार गर्नेलाई सम्बन्धित निकायको मौनताले थप बल पुगेको स्थानीयको भनाइ छ ।

जिल्ला समन्वय समितिका संयोजक ध्रुवप्रसाद कोइरालाले भने खोलाले बगाएर ल्याएको बालुवासमेत निकाल्न नपाइने बताए ।