धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डोर्याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुने बताए ।
डा रिसालले भने, ‘जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, कहीँ न कहीँ मानसिक रोगको प्रभावले नै आत्महत्या निम्ताएको हुन्छ ।’
जिल्लामा चालु आव २०७४/०७५ को साउन १ देखि भदौ १६ गतेसम्म मात्रै २८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये १४ जनाले झुण्डिएर र १४ जनाले विष खाएर आत्महत्या गरेका छन् ।
त्यस्तै, आव २०७३/०७४ को एक वर्षमा ९८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ५९ जनाले विष खाएर र ३९ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।
उनले सामान्य झै–झगडाको प्रतिशोध, अशिक्षा, गरिबी, प्रेममा असफलताका कारण आत्महत्या बढी भएको उल्लेख गर्दै यसलाई रोकथामका लागि छिट्टै जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्न आवश्यक भएकोमा जोड दिए । (रासस)










प्रतिक्रिया दिनुहोस्