२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


घुस लिंदालिंदै अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा


0
Shares

बिहीबार बिहान भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्रेको हो ।

आयोगले गुणस्तर तथा नापतौल विभागको ट्याक्सी–टेम्पो एकाईका निरीक्षक विकास धोंजुसहित तीन कर्मचारीलाई रंगेहात पक्रेको जनाएको छ ।

उनीसँगै सोही इकाईका सहायक निरीक्षक दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पनि ट्याक्सी मिटर पास गर्ने नाममा घुस लिइरहेको अवस्थामा भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिएको छ ।

उनीहरुले ४ सय ५० वटा ट्याक्सीको मिटर पास गर्न ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

मिटर पास गर्न विभाग कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ मागेको पनि अख्तियारले जनाएको छ ।