Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सरकार बलियो तर राष्ट्र कमजोर हुन पुग्यो : सिटौला


0
Shares

झापा, माघ २ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधान र जनमतले दिएको अधिकारलाई बेवास्ता गरेको बताएका छन् ।

बुधबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले पछिल्लो समय सरकार बलियो भएको तर राष्ट्र कमजोर हुन पुगेका कारण सरकारकाविरुद्धमा कांग्रेसले सडक संघर्ष सुरु गर्न लागेको बताए ।

कांग्रेसले संसददेखि सडकसम्म जनमत तयार गरेर राष्ट्रिय जागरण अभियानस्वरुप सरकारकोविरुद्धमा संघर्ष सुरु गर्ने उनले बताए ।