Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


स्यालको टोकाइबाट १८ जना घाइते


0
Shares

गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो ।

बुधबार साँझ ९ जना र बिहीबार दिउँसोसम्म ९ जनालाई टोेकेको स्वास्थ्यचौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए । घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए ।

स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौंको टेकु अस्पतालमामात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताए ।

घाइतेलाई काठमाडौं पठाएर उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले निर्णय गरेको छ । बिहीबार बिहान नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए ।

विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका थिए । रासस