
आउदो सेप्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ बर्षको अवसरमा उनीहरुलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आममाफी पाउनका लागि आवश्यक सवै प्रक्रिया र मापदण्ड पुरा गरेकाले उनीहरुलाई जेलमुक्त गरिएको बताए ।
इथियोपियामा शान्तिपूर्ण रुपमा बाँच्ने कैदीको लालसा, कैदमा हुँदाको उसको व्यवहार, कैदीको पारिवारिक अवस्था, स्वास्थ्य अवस्था, कैदीलाई भएको पश्चाताप र उसको अनुशासनको अवस्था लगायतलाई हेरेर कैद माफी दिन सकिने कानुनी व्यवस्था रहेको छ ।
दक्षिणी राज्यले अबलम्बन गरे जस्तै मापदण्ड अपनाएर अम्हारा र टीग्रा राज्यले पनि यसै हप्ताको सुरुमा केही कैदीहरुलाई जेलमुक्त गरेका थिए ।
अम्हारा क्षेत्रीय राज्यले एक हजार ९८१ जनालाई र टिग्रा राज्यले ९५७ जनालाई जेलमुक्त गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्