१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


बलात्कारी बाबाको दरबारमा छापा, अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेल


0
Shares

सुरक्षाकर्मीको एक टिममा ६० सदस्य रहेको बताइएको छ । छापा मार्न गएको टिममा बैंकका एक सय कर्मचारी, ताला फुटाउनका लागि २२ जना लोहारसहितको टोली खटिएको छ ।

हरियाणाको सिरसास्थित ती बाबाको विशाल दरबारमा अलग अलग स्थानमा अलग अलग टोलीले छापा मार्नेछ । विशाल दायरामा रहेको उक्त दरबारमा कतै खन्नु वा भारी चीज उठाउनु परेमा डोजर तथा क्रेनको सहायता आवश्यक पर्ने भन्दै सुरक्षा टोलीले त्यस्ता यन्त्र तथा उपकरण पनि लिएर गएको छ ।

छापा मार्ने क्रममा सबै घटनाक्रमलाई भिडियोमा रेकर्ड गर्ने व्यवस्था गरिएको छ । सहरमा सुरक्षा व्यवस्थालाई कडा तुल्याउनुका साथै कर्फ्यु समेत लगाइएको छ । कथित बाबाका अनुयायीले विरोध प्रदर्शन गर्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बाबाको दरबार आसपास मिडियालाई जानसमेत रोक लगाइएको छ ।

आफ्नो आश्रममा आएका महिलालाई यौन शोषण गरेको आरोपमा उनलाई हालै अदालतले कैद सजाय तोकेको छ । दुई अलग घटनामा उनलाई १०÷१० वर्ष गरी जम्मा २० वर्ष जेल सजाय तोकिएको हो । (एजेन्सी)