१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


क्यारेबियन क्षेत्रमा ध्वंस मच्चाएको आँधी हाइटीतर्फ


0
Shares

इर्माले अहिलेसम्म कम्तिमा १४ जनाको ज्यान लिइसकेको छ भने यो संख्या अझै बढ्न सक्ने बताइएको छ । आँधीबाट १२ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यो संख्या २६ लाख पुग्ने रेडक्रसले जनाएको छ । आँधी प्रभावित क्षेत्रमा खानेपानी र सफाईको सम्पूर्ण पद्धती ध्वस्त भएकाले रोगको प्रकोप पनि फैलने आशंका गरिएको छ । डोमिनिक रिपब्लिक क्षेत्र पार गर्दै अगाडी बढेको इर्माको अबको गन्तव्य हाइटी हुँदै टर्कस् र काइकोस हुने जनाइएको छ । त्यसपछि यो आँधी क्यूवा हुँदै अमेरिकाको फ्लोरिडा पुग्नेछ ।

प्रतिघण्टा २ सय ९५ किलोमिटरको गतिमा रहेको आँधी हालसम्म रेकर्ड गरिएको मध्येकै शक्तिशाली मानिएको छ । इर्माको प्रभाव क्यारेबियन टापुहरु सेन्ट मार्टिन, सेन्ट बार्टस, बर्बुडा र एन्टिगुवामा समेत परेको छ । (एजेन्सी)