१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


म्यानमारमा जातीय हिंसा रोक्न नोबेल पुरस्कार विजेता मलालाको आह्वान


0
Shares

उनले अल्पसंख्यक रोहिन्ग्या समुदायको रक्षाका लागि हस्तक्षेप गर्न विश्व समुदायलाई अपील गरेकी हुन् । उनले म्यानमारकी नेतृ आङसाङ सू चीलाई पनि रोहिन्ग्याकाबारेमा बोल्न आग्रह गरेकी छन् ।

लाखौंको संख्यामा मानिस घरबारविहीन भइरहँदा हामी नबोली रहन सक्दैनौं भन्दै मलालाले म्यानमारमा भच्चाइएको हिंसा सम्बोधनका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन् ।

म्यानमारको रखाइन प्रान्तमा रहेका अल्पसंख्यक मुस्लिम समुदायमाथि राज्यबाट चरम दमन गरिएको, उनीहरुको गाउँ गाउँ नै आगो लगाएर खरानी बनाएको र हिंसा सहन नसकेर डेढ लाखभन्दा बढी रोहिन्ग्या देश छाडेर बंगलादेशमा शरण लिइरहेको बताइएको छ ।

म्यानमार सरकारले भने यसरी आएका खबर सबै झूठ भएको भन्दै मुस्लिम समुदाय स्वयंले आफ्नो गाउँ जलाएको तर्क गरेको छ । (एजेन्सी)