Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


सर्लाहीमा करेन्ट लागेर युवकको मृत्यु


0
Shares

चुनावी प्रचार–प्रसारका लागि बनाइएको टेन्टमा बत्ती जोड्न खोज्दा करेन्ट लागेर बसबरिया गाउँपालिका–४ धनगढा बस्ने २६ वर्षीय उमेश पासवानको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका पासवानको उपचारकाक्रममा धर्मेश्वर अस्पताल बरहथवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।