१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


गोरखपुर–सुनौली सडकखन्डमा कार र ट्यांकर ठोक्किँदा ‘सात नेपालीको मृत्यु’ (५ तस्वीर)


0
Shares

शुक्रबार दिउँसो पौने ३ बजेतिर देवपुरचोकमा गोरखपुरबाट सुनौलीतर्फ आइरहेको यूपी५३सीटी ७२०२ नम्बरको भारतीय इन्डिगो कार र सुनौलीबाट गोरखपुरतर्फ गइरहेको यूपी५२सी ४३७७ नम्बरको ट्यांकर एक–आपसमा ठोक्किँदा सात नेपाली यात्रीसहित भारतीय चालकको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका कारचालक जुगौलीस्थित भारतीय नागरिक अब्दुल हफीज रहेको जनाइएको छ ।

प्रहरीले कारचालकको सनाखत भएको र बाँकी अरु सात यात्री नेपाली रहेकाले सनाखत हुन नसकेको बताएको छ ।

तीव्रगतिमा आएको ट्यांकरले कारलाई ठक्कर दिएको जनाइएको छ ।

प्रत्यक्षदर्शीहरुले दुर्घटनालगत्तै दुई महिलासहित ट्यांकर चालक र सहचालक ट्यांकर छाडेर भागेको बताएका छन् । प्रहरीले उनीहरुको खोजीकार्य तीव्र पारेको जनाइएको छ ।