Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुला


0
Shares

समितिको आजको बैठकले समायोजन विधेयक निर्माणका क्रममा कर्मचारी भर्ना नरोक्ने बुँदा राख्न आयोगलाई निर्देशन दिएपछि बाटो खुलेको हो ।

यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एकवर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले समितिले गरेको निर्णय स्वागतयोग्य छ भन्दै आयोगले अब कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने जानकारी गराए ।

‘हामीले वार्षिक कार्यतालिका प्रकाशन गरिसकेका थियौँ, उनले भने, ‘आज समितिको निर्णयपछि हामी गृहकार्य गरेर वार्षिक तालिकाअनुसार दरखास्त आह्वान गर्दछौँ ।’

उनले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त पदको विवरण पठाउनका लागि पत्र पठाइने जानकारी दिँदै पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताए ।

आयोगले असोज अन्तिम साता सहसचिवको विज्ञापन गर्ने तयारी गरेको छ । रासस