Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


डा. राणाको ‘उडान’ सार्वजनिक


0
Shares

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ चलचित्र निर्देशक एवं संस्कृतिविद् चेतन कार्की, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, त्रिवि हिन्दी विभागकी प्रमुख डा. सन्जीता वर्माले संयुक्तरुपमा उक्त गजलसंग्रहको विमोचन गरेका हुन् ।

कार्यक्रममा ८४ वर्षीय गजलकार एवं चिकित्सक राणाले आफ्ना भावनाहरुलाई काव्य भावनाहरुमा पोख्दै आएको बताए । उनले आफ्ना केही गजल वाचन पनि गरे ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले डा. राणाको गजलकारिताकालाई लिएर चर्चा गरेका थिए ।

गजलस्रष्टा ज्ञानुवाकर पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा त्रिवि हिन्दी विभागका प्रमुख डा. सन्जीता वर्मा, स्रष्टा चेतन कार्की, बूँद राना, इम्तियाज वफालगायतले डा. राणाको गजलकारिताका विषयमा आफ्ना धारणा राखेका थिए ।

आफ्नो १८औं कृतिकारुपमा उडान सार्वजनिक गरेका डा. राणाले कविता, गीत र गजलका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।