
अपडेट :
भूकम्पका कारण कम्तिमा दुई सय जना घाइते भएका छन् । भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ । मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो ।
भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन् । त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटीले जनाएको छ । यस्तै चियापासमा १० तथा ताबास्कोमा तीन जनाको शव भेटिएको कमिटीले जनाएको छ ।
भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्