इन्द्रजात्राको अवसर पारेर मातृ सशक्तिकरण समूह एट्खा टोलले शनिबार गरेको कुमार पूजामा १ सय ६० जना बालकलाई सहभागी गराइएको थियो ।
तान्त्रिक विधिअनुसार यस्तो पूजा गरेमा बालबालिकालाई रोग नलाग्ने र उनीहरु समाजका हरेक कुरामा अग्रसर हुने मान्यता रहँदै आएको छ । पूजामा १० वर्षसम्मका बालकलाई सहभागि गराइएको थियो ।
समूहकी सचिव लजना मानन्धरले प्रत्येक वर्ष सहभागीको संख्या बढ्दै गएको बताइन् ।










प्रतिक्रिया दिनुहोस्