
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपद्बाट सुरक्षित हुने नागरिकको अधिकार सुरक्षित गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
२१ औं भूकम्प सुरक्षा दिवसका अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा उनले बिपद्बाट नागरिकको सुरक्षा गर्न सरकार सक्षम रहेको पनि बताए ।
विपद् आउनुपूर्व तयारी आवश्यक रहेको भन्दै गृहमन्त्री थापाले प्रकृतिबाट हुने क्षति न्यूनीकरण गर्न सरकार र नीजि क्षेत्रको हातेमालो आवश्यक रहेकोमा पनि जोड दिए ।
नेपाल भूकम्पीय जोखिम क्षेत्रभित्र रहेको भन्दै उनले भूकम्पबाट हुने क्षति र बच्ने उपायका बारेमा जनचेतना आवश्यक रहेको बताए ।
उनले प्रकृतिमाथि बिजय प्राप्त गर्नु चुनौति भए पनि नागरिकको सुरक्षाका लागि तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले भूकम्पबाट हुने क्षति र त्यसको न्यूनीकरणका लागि नयाँ संकल्प आवश्यक रहेको बताए ।
उनले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणलाई तिव्रता दिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्