
फ्लोरिडा राज्यका गभर्नरले प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो निवास छाड्न आग्रह गर्दै नछाड्नेहरुलाई केही गर्न नसकिने चेतावनी दिएका छन् ।
आँधी प्रभावित सडकमा नरहन आग्रह गर्दै उनले शिविरहरुमा रहन भनेका छन् । गभर्नर रिक स्कटले खतरापूर्ण स्थानहरुबाट भाग्न अब धेरै ढिला भइसकेको भन्दै सचेत गराएका हुन् ।
क्यारिबियन टापु हुँदै क्यूबामा तहस–नहस पारेर इर्मा फ्लोरिडा पुगेको हो । ६३ लाखभन्दा बढी अमेरिकी नागरिक आँधीबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।
प्रतिघन्टा १९३ किलोमिटरको गतिमा आएको आँधीले ठूलो क्षति पुर्याउने मौसमविद्हरुले जनाएका छन् ।
एक साता लामो इर्माको उत्पातमा परेर २४ जनाको मृत्यु भइसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्