Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


जोखिम मोलेर डुंगामा महाकाली नदी वारपार गर्न बाध्य


0
Shares

भारतीय सीमासँग नजिक भएका यहाँका स्थानीय विभिन्न कामका लागि भारतीय सीमावर्ती बजारमा जाने गर्दछन् ।

जोखिम मोलेर उनीहरु डुंगामा महाकाली नदी वारपार गर्ने गरेको स्थानीय वीरेन्द्र महताले जानकारी दिए ।

बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयले जोखिम मोलेर डुंगामार्फत् महाकाली नदी वारपार गर्ने गरेको नागार्जुन माविका प्रधानाध्यापक महामलसिंह साउदले बताए ।

डुंगामार्फत् महाकाली नदी पार गर्नुपर्ने भएपनि पुल निर्माणको विषयले चर्चासम्म नपाएको साउदको भनाइ छ ।

दैनिक उपभोग्य सामग्रीका लागिसमेत भारतीय बजारमै जानुपर्ने भएकाले वर्षात्को समयमा निकै जोखिम हुने गरेको पञ्चेश्वर गाउँपालिका–२ का देवबहादुर चन्दले बताए ।