दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैंडा आइतबार बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।
शनिबार दलदलमा फसेको भेटिएपछि गैंडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैंडालाई जोगाउन नसकिएको पाठकले बताए ।
साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैंडा फसेको निकुञ्जले जनाएको छ ।
यही साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत् इचर्नी पोस्टनजिकै दुईओटा भाले गैंडा जुध्दा लडेर एउटा गैंडा मरेको थियो ।
गएको आवमा विभिन्न कारणले २५ ओटा गैंडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । रासस










प्रतिक्रिया दिनुहोस्