Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि लोकसेवाले थाल्यो काम


0
Shares

शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिदैं भर्ना गर्न बाटो खुलेपछि आयोगले काम थालेको हो ।

आयोगले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । ‘समितिको निर्देशनबाट हामीले आजदेखि नयाँ भर्ना प्रक्रियाका लागि काम थालेका छौँ,’ उनले भने, ‘आजै सामान्यलाई पत्र पठाउँदै असोज पहिलो हप्ता रिक्त दरबन्दी पठाउन भनेका छौँ ।’

उनले रिक्त दरबन्दी आएपछि क्रमशः पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताउनुभयो । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

आयोगले असोज अन्तिम साता सहसचिव, कात्तिक अन्तिम साता उपसचिव, मंसिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नासुको विज्ञापन गर्ने तयारी गरेको छ । (रासस)