३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


जिप दुर्घटना हुँदा दुईजना घाइते


0
Shares

सिन्धुली, माघ २ । सिन्धुलीको सुनकोसी गाउँपालिका मुल्कोटमा गएराति जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

घाइते हुनेमा जिपमा सवार सिरहा सखुवा गाउँपालिका–५ का ४० वर्षीय मोहम्मद सलिन र ४१ वर्षीय घुरन यादव छन् । घाईते दुवैलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

गएराति पौने १२ बजे स१च १३१३ नम्बरको जिप सडकबाट अन्दाजी १० फिट तल खसेको हो । चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी रातोमाटाले जनाएको छ ।