Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रोहिंग्यामाथिको हमला जातीय सफाया : संयुक्त राष्ट्रसंघ


0
Shares

राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंग्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका हुन् ।

म्यानमार सरकारले हिंसाग्रस्त क्षेत्रमा राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई जान रोकेको बताउँदै प्रमुख हुसेनले त्यहाँको वास्तविक अवस्थाबारे यथार्थ तथ्य बताउन नसकिने बताएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

तर, रोहिंग्या समुदायको स्थितिलाई अध्ययन गर्दा जातीय सफाया झैं देखिएको उनले बताएका छन्

यसअघि बुद्धिस्ट धर्म गुरु दलाई लामाले रोहिंग्या मुसलमानहरुको बहिर्गमनबारे बोल्दै तिनलाई बुद्धले मद्दत गर्ने थिए भन्ने टिप्पणी गरेका छन् ।

केहि समय अघि राष्ट्रसंघका मानव अधिकार प्रमुख हुसेनले म्यानमारकी नेतृ आङ्ग सान सूचीलाई रोहिंग्याविरुद्धको निरन्तर हिंसा रोक्न कदम चाल्न अनुरोध गरेका थिए ।

गत अगष्ट २५ देखि सुरु भएको हिंसाका घटना यता हालसम्म करिब ३ लाख रोहिंग्या शरणार्थी भागेर छिमेकी बंगलादेश पुगेका राष्ट्रसंघले पुष्टि गरेको छ । साथै, आइतबार रोहिंग्या विद्रोहीले एकतर्फी युद्धविरामको घोषणा गरेपछि म्यानमार सरकारले अस्वीकार गरेको नेतृ आङ्ग सान सूचीकी प्रवक्ताले सोमबार ट्वीटरमार्फत बताएका छन् ।