सैनामैना नगरपालिका वडा नं ११ स्थित पृथ्वी फ्लावर इंग्लिस बोर्डिङ स्कुलको म १ क १६३ नम्बरको बसबाट खसेर सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सन्तोष रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान विद्यार्थीलाई स्कुल पुर्याउने क्रममा सो दुर्घटना भएको हो । बसबाट खसेर घाइते सन्तोष रेग्मीको उपचारका क्रममा लुम्बिनी सिटी अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्