१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


उत्तर कोरियाविरुद्ध थप कडा प्रतिबन्ध, अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी


0
Shares

फाइल फोटो

राष्ट्रसंघीय सुरक्षा परिषद्ले रुस तथा चीनलगायत १५ सदस्य राष्ट्रको सर्वसम्मतीमा उत्तर कोरियाका सबैभन्दा मुख्य आम्दानीको स्रोत मानिएको लत्ताकपडा र कच्चा तेलको निर्यातमाथि कडा प्रतिबन्ध लगाएकोे हो ।

उत्तर कोरियाले लगातार गरेको क्षेप्यास्त्र परीक्षणले विश्वलाई चुनौति दिएको भन्दै अमेरिकाले थप कडा प्रतिबन्धको प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा लगेपछि उक्त प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेका हुन् ।

नयाँ प्रतिबन्धमा उत्तर कोरियाले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित रहेको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

सोमवार (हिजो) नै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाए अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी दिएको थियो । साथै, सरकारीसन्चारमाध्यम ‘रोडोङ सिन्मुन’मार्फत उत्तर कोरियाले अमेरिका आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने ‘रक्तपिपाशु जनावर’ भएको आरोपसमेत लगाएको थियो ।

उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषद्मा प्रस्ताव गरेको थियो ।

सुरक्षा परिषद्मार्फत चीनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न आग्रह गरेको छ ।