बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नम्बरको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीका अनुसार मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी छ । ‘एकजनाको उपचारका क्रममा मृत्यु भएको छ, उसको नाम ठेगाना खुलेको छैन,’ प्रनाउ मरासिनीले भने, ‘घाइतेहरुको उपचार भइरहेको छ ।’
घाइते हुनेहरुमा ललितपुर जिल्ला टौखाल–३ बस्ने सुरेन्द्र दंगाल, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–११ को दिलबहादुर चौलागार्इं, धुलिखेल नगरपालिका–११ बस्ने अञ्जना लामिछाने, नुवाकोट जिल्ला घर भई हाल बनेपा नगरपालिका–११ बस्ने सीतामाया तामाङ, काभ्रेपलाञ्चोक भगवतीस्थान घर भई हाल बनेपा पुलबजार बस्ने सुलोचना श्रेष्ठ, सोही ठाउँका रोशन श्रेष्ठ, बनेपा नगरपालिका–६ बस्ने सविना मगर, नमोबुद्ध नगरपालिका बस्ने सानुमाया लामा, रौतहट जिल्ला घर भई हाल बनेपा तीनधारा बस्ने रोजीना लामा, उनकी एक वर्षीया छोरी आयुसा लामा र बनेपा नगरपालिका–१० बस्ने ध्रुव खत्री रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुरेन्द्र दंगाल र सीतामाया तामाङलाई ट्रमा सेन्टरमा सिफारिस गरी पठाइएको प्रहरीले जनाएको छ । बोलेरो अनियन्त्रित भई सडकबाट करिब ४०/४५ मिटर तल खसेको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्