Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


इलाममा सौर्य बत्ती जडान, शहर झलमल्ल


0
Shares

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत इलाम नगर क्षेत्रमा २०३ थान सौर्य बत्ती जडान सुरु गरेको हो ।

अहिलेसम्म १२० थान सौर्य बत्ती जडान गरिसकिएको छ । सौर्य बत्ती जडान गरेपछि इलाम नगरपालिका रातको समयमा पनि उज्यालो भएको छ ।

सघन शहरी विकास कार्यक्रमअन्तर्गत सोलार बत्ती जडान तथा सडकका किनारामा वृक्षरोपणका लागि १ करोड ४२ लाख बिनियोजन भएसँगै सौर्य बत्ती जडान सुरु गरिएको शहरी विकास तथा भवन निर्माण कार्यालय इलामले जनाएको छ ।