Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भारतमा काम गर्न गएका एक नेपालीको ढुंगाले किचेर मृत्यु


0
Shares

मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६, शंकरपुरका २४ बर्षीय रामदत्त अवस्थी रहेका छन् ।

सोमबार बेलुकातिर भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट ढुङ्गा खसेर घटनास्थलमै उनको मृत्यु भएको मृतकका आफन्त महेश अवस्थीले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि धारचुलास्थित एक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाईने बताईएको छ ।