
सर्लाहीका राजनीतिक दल तथा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका हुन् । सर्लाहीका विभिन्न चोक तथा टोल विभिन्न दलका झन्डा र ब्यानरले झकिझकाउ भएका छन् । उम्मेदवारहरु आ–आफ्नो चुनावी घोषणापत्र लिएर मतदातालाई रिझाउने प्रयासमा लागेका छन् ।
उनीहरुले मतपत्रसमेत सँगै लिएर मतदातालाई शिक्षासमेत दिइरहेका छन् । जताततै टाँगिएका निर्वाचन प्रचार सामग्रीका कारण निर्वाचनको माहोल बन्दै गएको छ ।
मतदाताहरु पनि सबै उम्मेदवारको घोषणापत्र अध्ययन गरेर मताधिकार प्रयासको प्रतिक्षामा बसेका छन् ।
सर्लाहीमा ११ नगरपालिका र ९ गाउँपालिका गरी कुल २० स्थानीय तह छन् ।
यसैबीच निर्वाचन कार्यालयले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । जिल्लास्थित सुरक्षा निकायले पनि सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्